अल्बानियाले क्रोसियालाई बराबरीमा रोक्यो

डिसी नेपाल
६ असार २०८१ ७:१४
68
Shares

काठमाडौं। क्रोसियालाई अल्बानियाले बराबरीमा रोकेको छ। जारी युरोकप अन्तर्गत समुह बी को खेलमा क्रोसियाविरुद्ध इन्जुरी समयमा गोल गर्दै अल्बानियाले २-२ गोलको बराबरीमा रोकेको हो।

यस अघि १-० गोलले पछि परेको क्रोसियाले खेलको ७४औ र ७६औ मिनेटमा गोल गर्दै २-१ को अग्रता हासिल गरेपनि इन्जुरी समयमा रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो।

अल्बानियाका लागि खेलको ११औं मिनेटमा क्वाजिम लासीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७४औ मिनेटमा क्रोसियाका लागि आन्द्रेज क्रमारिकले बराबरी गोल गरेका थिए। त्यसपछि ७६औ मिनेटमा अल्बानियाका क्लाउस ग्जासुलाले आत्मघाती गोल गरेपछि क्रोसियाले २-१ को अग्रता हासिल गरेको थियो। त्यसपछि ९० मिनेटपछिको इन्जुरी समयको ५औ मिनेट अल्बानियाका क्लाउस ग्जासुलाले गोल गर्दै खेल बराबरी गरेका थिए।

यो बराबरीपछि क्रोसियाको नकआउट चरणमा छनौट हुने सम्भावना कठिन बनेको छ। क्रोसियाले पहिलो खेलमा स्पेनसँग हर बेहोरेको थियो। क्रोसियाको अब २ खेलमा केवल एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ। त्यस्तै अल्बानियाको पनि २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ।

अब क्रोसियाले समुह चरणको अन्तिम खेल जुन २५ मा इटालीविरुद्ध खेल्ने छ भने अल्बानियाले जुन २५ मै स्पेनसँग खेल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *