सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिटान्स सम्झौता
काठमाडौं। युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ।
युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन्। नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ।
यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज र गुणस्तरीय बिप्रेषण सेवा प्रदान हुने बिश्वास कम्पनिले लिएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ।
अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड CITY 100 प्रयोग गरी भुक्तानी लिदा १०० सम्म बोनस पाउन सकिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment