टि-२० विश्वकपको सुपर ८ को दोस्रो खेलमा इंग्ल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले हरायो

काठमाडौं । टी–२० विश्वकपको सुपर ८ को दोस्रो खेलमा इंग्ल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ ।
इंग्ल्याण्डको टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले सर्वाधिक ३८ रन बनाए ।
१८० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डको टोलीले १७.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । इङ्ल्यान्डका लागि फिलिप साल्टले ४७ बलमा सर्वाधिक ८७ रन बनाए ।
उत्कृष्ट प्रदर्शनका लागि साल्ट प्लेयर अफ द म्याच घोषित भए ।
प्रतिक्रिया
Facebook Comment