फिल्डिङ र ब्याटिङमा कमजोरी भयाे, आगामी दिनमा सुधार गर्छौँः कप्तान पौडेल

डिसी नेपाल
६ असार २०८१ १६:२३
72
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपमा तुलनात्मक रुपमा ब्याटिङ कमजोर देखिएको बताएका छन्।

नेपाल क्रिकेट संघले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङ्मा नेपालले धेरै राम्रो गरेपनि विश्वकपमा तुलनात्मक रुपमा ब्याटिङ कमजोर देखिएको बताएका हुन्। यद्यपि उनले पिचको कन्डिसनले पनि ब्याट्सम्यानले चाहेजस्तो प्रदर्शन गर्न नसकेको जिकिर गरे। आईसीसी टी–२० विश्वकप अन्तर्गतका अन्य खेलहरुमा पनि पिचकै कारण धेरै रन बन्न नसकेको उनको भनाइ छ।

कप्तान पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा जितको नजिक पुगेर अन्तिम रन बनाउन नसक्दा निकै दुख लागेको बताए। नेपाली टिमलाई अनुभवको धेरै खाँचो रहेकाले आगामी दिनमा बलियो राष्ट्रहरुसँग खेल्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ। उनले फिल्डिङमा पनि केहि समस्या देखिएको जिकिर गरे।

उनले आईसीसी टी–२० विश्वकपसम्म पुग्दा नेपालले धेरै कुरा सिक्ने मौका पाएको भन्दै आगामी दिनमा राम्रो क्रिकेट खेल्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *