इटालीलाई हराउँदै स्पेन युरोकपको नकआउट चरणमा

डिसी नेपाल
७ असार २०८१ ७:५४

काठमाडौं। स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ। गएराति सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।

स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए।

यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो। २ खेलमा ६ अंक हासिल गरेको स्पेन समुह बी बाट नकआउट चरणमा छनौट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ।

अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोहि दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *