योग कुनै धर्मसँग नभई मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित छः ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसँग नभई मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन्।
योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले योगले शारिरिक, मानसिक स्वस्थताका साथै पवित्र आचरणका लागी मार्गनिर्देशन गर्ने भएकाले यो कुनै धर्मसँग सम्बन्धित नरहेको बताएका हुन्। उनले योगले मान्छेभित्र रहेका खराब तत्वहरुलाई निकाल्न मद्दत गर्दै असल मान्छे बनाउन सक्ने धारणा राखे।
योग अनुशासित पवित्र जिवन भएको भन्दै योग मानव मष्तिस्क स्वस्थ रहोस् भन्नेकुरासँग पनि सम्बन्धित रहेको उनको भनाइ छ। उनले योगलाई विश्वव्यापीकरण गर्नुपर्ने र यसका लागि धेरै अन्तराष्ट्रिय क्षेत्रबाट पहल भइरहेको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment