गल्फ जायन्टद्वारा दिपेन्द्र सिंह ऐरीसहित १३ खेलाडी रिटेन

डिसी नेपाल
७ असार २०८१ १८:५८
292
Shares

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई युएईको आईएल टी–२० लिग फ्रेन्चाइजी गल्फ जायन्टलले रिटेन गरेको छ। गल्फ जायन्टले आउँदो सिजनका लागि रिटेन गरेका १३ खेलाडीमा दीपेन्द्र पनि परेका हुन्।

गल्फ जायन्टले ऐरीसहित जेम्स भिन्स, सिमरोन हेटमायर, क्रिस जोर्डन, आयान खान, जुहाइब जुबैर, ब्लेसिंग मुजरबानी, गेर्हार्ड इरास्मस, जेमी स्मिथ, रिचर्ड ग्लेसन, रेहान अहमद, जोर्डन कक्स र जेमी ओभरटनलाई रिटेन गरेको जानकारी दिएको छ।

ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्टमा सामेल भएपनि कुनै खेल भने खेल्न पाएका थिएनन्। आइएल टी–२० को आउदो सिजन ११ जनवरीदेखि शुरु हुँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *