जन्तेढुंगा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न

डिसी नेपाल
८ असार २०८१ १२:०७
80
Shares

खोटाङ। जन्तेढुंगा गाउँपालिकाको पक्की भवन रु दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ।

निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो । तीनतले पक्की भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकम प्रदान गरेको हो।

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो। हाल जिल्लाका सबै स्थानीय तहमा प्रशासनिक भवन धमाधम निर्माण भइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *