ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति?

डिसी नेपाल
९ असार २०८१ ११:०७
544
Shares

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *