विश्वकप क्रिकेटः भारत सेमिफाइनलमा प्रवेश, अष्ट्रेलियाले अफगानिस्तानको नतिजा कुर्नुपर्ने

डिसी नेपाल
११ असार २०८१ ६:५५
220
Shares

काठमाडौं। अष्ट्रेलियामाथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को अन्तिम सेमिफाइनलमा प्रवेश गरेको छ। भारतले समूह विजेतको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो।

सेन्ट लुसियामा भएको खेलमा जितका लागि २०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८१ रनमा समेटिएको थियो।

अष्ट्रेलियाका लागि टाभिस हेडले ७६ रन बनाएपनि टोलीको हार टरेन। यस्तै कप्तान मिचेल मार्सले ३७, ग्लेन म्याकवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले ११ रन बनाए । बलिङमा भारतका अर्सदिप सिंहले तीन विकेट लिए । कुलदिप यादवले दुई तथा जसप्रित बुमराह र असर पटेलले एक-एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०५ रन बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्माले ९२ रन बनाए। शर्माले ४१ बलमा सात चौका र आठ छक्काको सहयोगमा उक्त रन बनाएका हुन्। सूर्यकुमार यादवले ३१, शिभम् दुवेले २८, हार्दिक पाण्डेयले अविजित २७ र रिसव पन्तले १५ रन बनाए।

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्क र माकर्स स्टोइनिसले दुई-दुई तथा जोस हेज्लेउडले एक विकेट लिए। यो जितसँगै सुपर-८ मा अपराजित रहेको भारतले तीन खेलबाट ६ अंक जोड्दै समूह विजेतको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ।

उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ। अष्ट्रेलियाको ३ खेलमा २ अंक छ। अफगानिस्तानको पनि २ खेलमा २ अंक छ भने बंगलादेश अंकविहिन छ।

अफगानिस्तानले बंगलादेशमाथि जित हासिल गरे समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्नेछ। अफगानिस्तानले हार बेहोरेमा अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक रहनेछ भने नेट रनरेटका आधारमा समूहमा दोस्रो हुने टोलीको निर्धारण हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *