लेबनानमा हुने चार देशीय फुटबल प्रतियोगितामा भाग लिने नेपाली महिला टिमको घोषणा

डिसी नेपाल
१२ असार २०८१ १३:२१
1.5k
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा हुने सिडार्स महिला फुटबल प्रतियोगिताका लागि अन्तिम २२ सदस्यीय टोलीको घोषणा गरिएको छ।

राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार टोलीको घोषणा गरेका हुन्।

महिला टोलीले जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा प्रतियोगिता खेल्नेछ । लेबनानले आयोजना गर्ने यो प्रतियोगितामा आयोजकसहित नेपाल र जोर्डनको सहभागिता निश्चित भएको छ ।

नेपाली टिमः

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ।

डिफेन्डरः अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना र समीक्षा घिमिरे।

मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की र विमला चौधरी।

फरवार्डस् सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *