पराग्वेमाथि ब्राजिलको फराकिलो जित
काठमाडौं। ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने साभियो र लुकास पाक्वेटाले एक एक गोल गरेका थिए। त्यस्तै पराग्वेका लागि ओमार अलडेरेटले एक गोल गरेका थिए।
यस खेलमा खेलको ८१औं मिनेटमा आन्द्रेज कुबासले रातो कार्ड पाएपछि पराग्वे १० खेलाडीमा सीमित भएको थियो।
यो जितपछि ब्राजिलको २ खेलमा ४ अंक भएको छ र समुह डी मा दोस्रो स्थानमा छ । त्यस्तै पराग्वेले भने लगातार दोस्रो हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।
अब ब्राजिलले समुह चरणको अन्तिम खेलमा जुलाई ३ मा कोलोम्बियाको सामना गर्ने छ । त्यस्तै सोहि दिन पराग्वेले कोस्टा रिकाको सामना गर्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment