टी-२० विश्वकप फाइनलः भारतले टस जितेर पहिला ब्याटिङ गर्दै
काठमाडौ। भारतले टी-२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ।
बारबाडोसमा हुने फाइनलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो।
फाइनल खेलका लागि दुवै देशले सेमिफाइनलमा खेलेको टिमलाई नै निरन्तरता दिदै टिममा कुनै परिवर्तन गरेका छैनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment