प्रतिनिधि सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा गृह मन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रृष्ठले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लोकसेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन ९२०७९ श्रावण–२०८० अषाढ० पेश गर्नेछन् । त्यसैगरी आज व्यवस्थापन कार्य अनुसार विभिन्न मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment