ओलीको सचिवालयले भन्यो– मन्त्रीहरुलाई बालकोट बोलाएको खबर सत्य होइन

डिसी नेपाल
१७ असार २०८१ १९:२४
100
Shares

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आफ्ना मन्त्रीहरुलाई बालकोट बोलाएको खबरको खण्डन गरेको छ।

ओलीको सचिवालयले मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाएको खबर सत्य नभएको जानकारी गराएको छ। यसअघि अध्यक्ष ओलीले एमालेका मन्त्रीहरुलाई छलफलका लागि बालकोट बोलाएको बताइएको थियो।

ओलीको सचिवालयले भनेको छ– ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।’

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *