सानेपामा प्रचण्ड र देउवा सँगसँगै (तस्बिर)
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस मुख्यालय सानेपामा पुगेका छन्।
कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन प्रधानमन्त्री दाहाल सानेपा पुगेका हुन्।

सो क्रममा प्रधानमन्त्री दाहाललाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरुले न्यानो आतिथ्यता प्रदान गरेका हुन्। उनीहरुबीच हार्दिकता झल्किएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment