भ्रष्टाचारका ठूला फाइल खुल्न थालेपछि गठबन्धन एक रात पनि टिकेन: गृहमन्त्री लामिछाने
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरण बदलिएको टिप्पणी गरेका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रष्टाचारका ठूला फाइल खुल्न थालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको टिप्पणी गरेका हुन्।
उनले कसलाई जोगाउनका लागि सत्ता समीकरणमा फेरबदल आएको भन्ने कुरा जनताले राम्रोसँग बुझेको बताउँदै भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि गठबन्धन एक रात पनि टिक्न नसक्ने भएको बताए।
गृहमन्त्री लामिछानेले कांग्रेस–एमालेको गठबन्धनमा रास्वपा नजाने स्पष्ट गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment