संविधान संशोधनको पक्षमा उभियो राप्रपा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संविधान संशोधनको पक्षमा उभिएको छ। आज बसेको पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको हो।
बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संविधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउँदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संविधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको बताएका छन्।
अध्यक्ष लिङदेनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडी बढाउछन् भन्ने विषय आफूहरुले नजिक बाट हेर्ने र सोही अनुसार निर्णय गर्ने बताए।
उनले आफूहरुले कुनै एजेण्डा बनाएर छलफल नगरेको र फेरिएको राजनीतिक परिस्थितिको बारेमा मात्र छलफल गरेको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment