‘दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छ’

डिसी नेपाल
१८ असार २०८१ १९:५६
32
Shares

पर्सा। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ क्षत्रीय समितिले आज वीरगञ्जमा आयोजना गरेको स्व गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरलाले प्रधानमन्त्री र मन्त्री कोे बन्ने विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता अल्झिन नहुने बताए। नेपाली नागरिक र राष्ट्र हितलाई प्राथमिकतामा राख्न उनले दुवै पार्टीका शीर्ष नेतृत्वलाई सुझाव दिए।

अब बन्ने कांग्रेस र एमालेसहितको सरकारले सबैभन्दा पहिला राजनीतिभित्र हुने अपराधीकरणलाई समाप्त पार्न जरुरी रहेको नेता कोइरालाको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया, शंकर भण्डारीलगायतले नेपाली राजनीतिका शिखर पुरुष एवं पार्टीका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाले पार्टी र राष्ट्रलाई बलियो बनाउन खेल्नुभएको भूमिकाबारे आ–आफ्नो विचार राखेका थिए।

वीरगञ्जको छपकैयाको इदगाह चोकमा स्व कोइरालाको पूर्णकदको सालिक पुनःनिर्माण गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *