सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट
काठमाडाैं। प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट गरेका छन्।
मलेसियन संसद भवनमा भएको भेटमा सांसद ढकालले संसदीय कुटनीति मार्फत नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउनु पर्ने बताए।
सांसद ढकालले नेपालको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरिको तर्फवाट मलेसियन सभामुखलाई शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गरेका थिए भने मलेसियन सभामुख जोहरीले मलेसियाले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्वमा राखेको बताउँदै अनुकुल समयमा नेपालको भ्रमण गर्ने बताए।
सांसद ढकालले मलेसियामा ठूलो संख्यामा रहेका नेपाली हरुको हितको आबस्यक पहल र सद्भावको लागि सभामुख जोहरीसँग आग्रह पनि गरे।
भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको लागि अन्तर-संसदीय पहलकदमी अघि बढाउने र नेपाल-मलेसियाका जनप्रतिनिधिबीच निरन्तर संवाद विस्तार गर्ने बिषयमा पनि छलफल भयो।
पूर्वमन्त्री समेत रहेका ढकाल मलेसियाको ३ दिने मैत्रीपूर्ण भ्रमणमा छन्। ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment