सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र

डिसी नेपाल
१९ असार २०८१ ११:३४
244
Shares

बागलुङ। सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन्।

ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बुर्तिबाङ बजारहुँदै ढोरपाटन पुग्ने सडकको अन्य ठाउँसमेत पहिरो गएको ढोरपाटन नगरपालिकाका कार्यबाहक प्रमुख धनबहादुर कायतले जानकारी दिए। अहिले पनि सो क्षेत्रमा वर्षा भइरहेको छ।

“ठाउँ–ठाउँमा पहिरो झरेको छ, सडक खुलाउने प्रयास गरिरहेका छौँ”, उनले भने। बुर्तिबाङ हुँदै ढोरपाटन हिँडेका पर्यटक बोबाङ र सुप्राङ गाउँमा अलपत्र परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *