एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्न ओली बुटवल जाँदै

डिसी नेपाल
२० असार २०८१ ९:४८
40
Shares

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदैछन्। । रुपन्देहीका एक हजारभन्दा बढी एसईईमा उच्च अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा अन्तरक्रिया गर्न ओली बुटवल आउन लागेका हुन्।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३.६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एकैठाउँमा सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको छ।

दिउँसो साढे १२ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम तय भएको एमाले रुपन्देहीका सदस्य यम पाण्डेले बताए । एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले अध्यक्ष ओलीसँग बालबालिकाहरुको अन्तक्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरुको पनि कार्यक्रममा सहभागिता रहने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *