शिक्षकले गुणस्तरीय तालिम नपाउँदाको असर एसईईमा देखियोः ओली

डिसी नेपाल
२० असार २०८१ १८:०७
28
Shares

बुटवल। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले गुणस्तरीय तालिम नपाउँदा त्यसको असर एसईई परीक्षामा देखिएको बताएका छन्।

बिहीबार अनेरास्ववियु रुपन्देहीले बुटवलमा आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शिक्षकहरूलाई समय अनुसारको सिप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरमा कमी भएको यस वर्षको एसईई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताए।

असफलताले नै पाठ सिकाएर मानिसलाई सफल बनाउने ओलीले बताए। उनले बिना प्रयास र इमानदारिता बिना कुनै पनि कुरामा सफलता प्राप्त नहुने बताए। नेपाल कसैको उपनिवेशमा नगएको सधैँ स्वतन्त्र राष्ट्रको रूपमा स्थापित भएको भन्दै यो नेपालको गर्व भएको उनले बताए। नेपालीको मानव मष्तिष्क विद्वान पुर्खाहरूको निरन्तरता भएकोले निक्कै विलक्षणको भएको ओलीले बताए।

उनले एसईईको मौका परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई एमालेले निःशुल्क अनलाइन कक्षको व्यवस्था मिलाउने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *