पहिलो टी-२० मा भारतमाथि जिम्बावेको शानदार जित
काठमाडौं। जिम्बावेले भारतविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात गरेको छ। शनिबार सम्पन्न टी–२० सिरिजको पहिलो खेलमा जिम्बावेले भारतलाई १३ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो।
जिम्बाबेले दिएको ११६ रनको मध्यम लक्ष्य पछाएको भारतले १९.५ ओभरमा अल आउट हुदै १०२ रन मात्र बनायो।
भारतका लागि कप्तान शुभमन गिलले सर्वाधिक ३१ र वाशिंगटन सुन्दरले २७ रन बनाए। त्यस्तै आभेश खानले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्यस्तै भारतीय ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा जिम्बावेका बलर सिकन्दर राजा र टेन्डाई चतराले ३–३ विकेट लिए।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ९ विकेट गुमाउदै ११५ रन बनाएको थियो। जिम्बावेका लागि क्लिभ मडान्डेले सर्वाधिक २९ रन बनाए भने डिओन मेयर्सले २३, ब्रायन बेन्नेटले २२ र वेसली मढेभेरेले २१ रन बनाए।
त्यस्तै भारतीय बलर रवि बिस्नोईले सर्वाधिक ४ विकेट लिएए भने वाशिंटन सुन्दरले २ विकेट लिए।
यो जितपछि ५ खेलको सिरिजमा जिम्बावे १–० ले अगाडी भएको छ। अब सिरिजको दोस्रो खेल आइतबार हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment