एण्डरसनको बिदाई खेलमा ईङल्याण्ड विजयी

डिसी नेपाल
२८ असार २०८१ १८:०५
52
Shares

काठमाडौं। ईङल्याण्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा विजयी शुरुवात गरेको छ। वेस्ट इन्डिज विरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा ईङल्याण्डले एक इनिंग र ११४ रनले जित हासिल गरेको छ।

यस टेस्टमा वेस्ट इन्डिजले पहिला ब्याटिंग गर्दै १२१ रन बनाएको थियो भने ईङल्याण्डले आफ्नो पहिलो इनिंगमा ३७१ रन बनाएको थियो। टेस्टको तेस्रो दिन आज वेस्ट इन्डिज आफ्नो दोस्रो इनिंगमा १३६ रन मात्र बनाएर अल आउट भएपछि ईङल्याण्ड एक इनिंग र ११४ रनले विजयी भएको हो।

यो खेलमा खेलेसँगै ईङल्याण्डका तिब्र गतिका बलर जेम्स एन्डरसनले क्रिकेटलाई अल बिदा गरेका छन्।

४१ वर्षीय एण्डरसनले यस टेस्टको पहिलो इनिंगमा एक र दोस्रो इनिंगमा ३ विकेट लिएका थिए। उनले ईङल्याण्डक लागि कुल १८७ टेस्ट खेल्दै ७०४ विकेट लिएका छन्। उनी टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने तिब्र गतिका बलर हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *