जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा
काठमाडौं। भारतले जिम्बाबेविरुद्धको टी–२० लगातर तेस्रो जित हासिल गरेको
सिरिजको चौथो खेलमा भारतले १० विकेटले जित हासिल गरेको हो। जिम्बाबेले दिएको १५३ रनको लक्ष्य पछाएको भारतले कुनै विकेट नगुमाएई १५.२ ओभरमा लक्ष्य पुरा गरेको थियो।
भारतका लागि यशस्वी जैसवालले अविजित ९३ रन बनाएका थिए भने शुभमन गिलले अविजित ५८ रन बनाएका थिए।
यस अघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो।
यो जितपछि भारतले ५ खेलको सिरिज ३–१ ले जितेको छ। सिरिजको पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछि लगातार तिन खेल भारतले जितेको छ।
अब सिरिजको अन्तिम खेल आइतबार हुने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment