इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

डिसी नेपाल
१ साउन २०८१ १६:४४
132
Shares

काठमाडौं। इङल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन्। हालै सम्पन्न युरोकपमा फाइनलमा पुगेर पराजित भएपछि साउथगेटले राजीनामा दिएका हुन्।

उनको नेतृत्वमा इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेर पराजित भएको थियो।

२०१६ को सेप्टेम्बर २७ देखि इङल्याण्डको प्रशिक्षक बनेका साउथगेटको नेतृत्वमा इङल्याण्डले कुल १०२ खेल खेलेको थियो। जसमा ६१ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको थियो। त्यस्तै १७ खेलमा हार बेहोरेको थियो।

५३ वर्षीय साउथगेटको इङल्याण्डको प्रशिक्षकको रुपमा आगामी डिसेम्बरसम्म सम्झौता रहेको थियो। तर युरोकपको फाइनलमा हारपछि उनले प्रशिक्षक छोड्ने अनुमान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *