मेयर बालेनको कार्यालय रहेको राष्ट्रियसभा गृह जलमग्न
काठमाडाैं। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह परिसर जलमग्न बनेको छ। गएराति भएको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ।

सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ। काठमाडौं महानगरको मातहतमा रहेको सभा गृहमा महानगरकै केही कार्यालय अझै छन्। महानगरको ती कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यही थियो । कमलादीमा कार्यालय तयार भएपछि मेयर उपमेयरको कार्यालय कमलादी सारिएको हो। जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ।





No ads found for this position
प्रतिक्रिया


Facebook Comment