क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स

डिसी नेपाल
४ साउन २०८१ ७:२०
184
Shares

काठमाडौं। भारतीय अलराउन्डर क्रिकेटर हार्दिक पाण्डेयले चार वर्षको सम्बन्धपछि श्रीमती नताशा स्टान्कोभिकसँग अलग भएको घोषणा गरेका छन्।

हार्दिकले बिहीबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्। पछिल्ला केही महिनादेखि यी दुईबीच सबै कुरा राम्ररी चलिरहेको थिएन। आईपीएल २०२४ मा नताशाले आफ्नो इन्स्टा ह्यान्डलबाट हार्दिकसँगका सबै तस्बिर पनि हटाएकी थिइन्।

त्यति बेला देखि नै उनीहरुको सम्बन्ध राम्रो नभएको चर्चा मिडिया र सामाजिक सञ्जालमा भइरहेको थियो। अब दुवैले आपसी सहमतिमा एकअर्काबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन्।

हार्दिकले लेखेका छन्, ‘४ वर्ष सँगै बसेपछि नताशा र मैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका छौं। हाम्रा लागि यो कठिन निर्णय हो, हामीलाई अगस्त्यको आशीर्वाद प्राप्त भयो, जो हामी दुवैको जीवनको केन्द्रबिन्दु बन्नेछौं र हामी सह-अभिभावकको रुपमा उनको हेरचाह गर्ने छौं । हामी यो कठिन र संवेदनशील समयमा हामीलाई गोपनीयता प्रदान गर्नको लागि तपाईंको समर्थन र समझदारीको लागि हार्दिक अनुरोध गर्दछौं।’

हार्दिक पाण्डेयले गत वर्ष फेब्रुअरी १४ मा नताशा स्टान्कोभिकसँग क्रिश्चियन र हिन्दू परम्परा अनुसार विवाह गरेका थिए। दुवैले लामो समयदेखि एकअर्कालाई डेट गरेका थिए।

हार्दिकले २०१९ मा एक पोस्टमार्फत आफू अभिनेत्री नताशासँग रिलेशनशिपमा रहेको बताएका थिए। सन् २०२० मा दुवैले इन्गेजमेन्ट गरे र एक सन्तानको अभिभावक बने। त्यसपछि दुवैले २०२० मा नै कोर्ट म्यारिज गरेका थिए। नताशा २०२० मा अदालती विवाह हुनुअघि नै गर्भवती थिइन्। विवाहपछि नताशाले अगस्त्यलाई जन्म दिएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *