महिला एशिया कपः युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य
काठमाडौं। युएईको महिला टिमले नेपाली महिला क्रिकेट टिमलाई ११६ रनको लक्ष्य दिएको छ।
आजदेखि शुरु भएको महिला एशिया कपको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको हो।
युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निधर्काले १३ रन बनाइन् ।
त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment