नेपाली र रसियन महिला भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुने

डिसी नेपाल
५ साउन २०८१ १७:२७
44
Shares

काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन भलिबल टोलीबीच काठमाडौंमा दुई मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ।

नेपाल भलिबल संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दुई टोलीबीच मैत्रीपूर्ण खेल आयोजना हुने जानकारी दिएको हो।

नेपालले मैत्रीपूर्ण खेलका लागि अरुणा शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा समेत भइसकेको छ। मैत्रीपूर्ण खेलले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताए। उनले नेपालको राष्ट्रिय भलिवल टीमलाई थप बलियो र अनुभवी बनाउन मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने उल्लेख गरे।

त्यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टीमका कप्तान अरुणा शाहीले रसियन टोलीको मैत्रीपूर्ण खेलले अनुभवका साथै सिक्ने अवसर पनि प्राप्त हुने बताए।

त्यस्तै रसियन भलिबल टोलीका प्रतिनिधिहरुले पनि नेपालसँगको मैत्रीपूर्ण खेलका लागि उत्साहित भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *