मैत्रीपूर्ण खेलमा रसियासँग नेपाल पराजित
काठमाडौं। रसियन टोलीसँगको दोश्रो मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला राष्ट्रिय भलिबल टोली पराजित भएको छ।
आइतबार पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको नेपाली टोली सोमबार दोश्रो खेलमा पनि पराजित भएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सोमबार भएको खेलमा रसियन टोलीले नेपाली महिला टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली टोलीले रसियन टोलीसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको हो। नेपालस्थित रसियाको दूतावासको सहयोगमा भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको थियो।
मैत्रीपूर्ण खेलसँगै अब नेपालले साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा सहभागीता जनाउने छ । लिगमा नेपालका साथै भारत, इरान, श्रीलंका र माल्दिभ्स पनि सहभागी हुदैछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment