महिला एशिया कपः भारतविरुद्ध पहिला बलिङ गर्दै नेपाल
काठमाडौं। जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतविरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको छ। यस खेलमा भारतले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको हो।
भारतले ६ ओभरमा ५० रन बनाएको छ।
यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ।
भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो।
त्यस्तै समुह ए अन्तर्गत आजै पाकिस्तानले युएईलाई पराजित गर्दै ३ खेलमा दोस्रो जित हासिल गरेको छ। त्यस्तै युएईले भने सबै तीन खेलमा हार बेहोरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment