पौडीमा एलेक्जेन्डर शाहको राष्ट्रिय रेकर्ड, ओलम्पिकबाट बाहिरिए
काठमाडौं। पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन्।
पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन्। राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिए।
यसअघि एक सय मिटर फ्री स्टाइलमा एलेक्जेन्डरको नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो। कुल दश वटा हिट्सको प्रतिस्पर्धा पश्चात १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन्।
पेरिस ओलम्पिकमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिन्टनका प्रीन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन्।
प्रीन्सले भने समुह चरणको अन्तिम खेल खेल्न बाँकी छ। अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ। उनले म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment