हेलिकप्टर दुर्घटनाका मृतकहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

डिसी नेपाल
२३ साउन २०८१ १८:२२
252
Shares

काठमाडौं। नुवाकोटको सूर्यचौर गाउँपालिका-७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको परिचय खुलेको छ।

हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन्। जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, अन्य चार चिनियाँ नागरिक रहेका छन्। चिनियाँ नागरिकमा नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

मृतहरूको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं ल्याउने तयारी गरिएको पनि नागरिक उड्डयन प्राधिकरणले उल्लेख गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *