विमानस्थलबाट छ किलो कोकिनसहित एक जना पक्राउ

डिसी नेपाल
२३ साउन २०८१ २०:३०
88
Shares

काठमाडौं। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

उनले भने, ‘दोहाबाट कतार एयरवेजमार्फत काठमाडौं आएका भाल्टर्सलाई हाम्रो टोलीले आज छ किलो कोकिनसहित पक्राउ गरेको हो, उक्त विषयमा अहिले थप अनुसन्धान कार्य भइरहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *