श्रीलंकासँग भारतको लज्जास्पद हार, सिरिजमा श्रीलंका २-० ले विजयी

डिसी नेपाल
२४ साउन २०८१ ७:०४
104
Shares

काठमाडौं। श्रीलंकाले भारतसँगको जारी एकदिवसी सिरिज जितेको छ। बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २-० ले जितेको हो।

यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारतले २६.१ ओभरमा अल आउट हुँदै १३८ रन मात्र बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले सर्बाधिक ३५ रन बनाए भने वाशिंटन सुन्दरले ३० र विराट कोहलीले २० रन बनाए।

त्यस्तै भारतीय ब्याटिंग ध्वस्त गर्नेक्रममा श्रीलंकाका बलर दुनिथ वेल्लालागेले ५ विकेट लिए भने महीश तिक्क्षना र जेफ्री वान्दरसेले २-२ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २४८ रन बनाएको थियो। श्रीलंकाका लागि आभिस्का फेर्नान्डोले सर्बाधिक ९६ रन बनाए भने कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए। त्यस्तै भारतीय बलर रियाँ परागले ३ विकेट लिएका थिए।

यो जितपछि श्रीलंकाले ३ खेलको सिरिज २-० ले जितेको छ। सिरिजको पहिलो खेल टाई भएको थियो भने त्यसपछिका दुवै खेल श्रीलंकाले जितेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *