स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

डिसी नेपाल
२४ साउन २०८१ १९:४३
296
Shares

नेपालगन्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका–९ झिझरी खोला नजिक आज बसले ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

बसको ठक्करबाट उनले चराउन लगेका १३ बाख्रासमेत मरेका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको बसले ओलीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *