कमलादीमा यसरी भासियो सडक (तस्विर)
काठमाडाैं। काठमाडौंको कमलादीमा सडक भासिएको छ। काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला नजिकैको सडक भासिएको हो।
सडक भासिएपछि सो क्षेत्रमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ। टुकुचा खोलाले सडकमुनी रहेको माटो बगाएपछि सडक भासिएको स्थानीयहरुको भनाइ छ।
खोला छेउका सडकहरुलाई व्यवस्थीत तवरले निर्माण नगरेकाले पटक पटक सडक भासिने समस्या देखिने गरेको उनीहरुको भनाइ छ।
बर्षायाममा काठमाडौंभित्रका सडकमा भासिने समस्या देखिने गरेको छ। यसअघि काठमाडौं नयाँ बानेश्वरकोबीच सडक भासिएको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment