नाग पूजा गरेर मनाइयो नागपञ्चमी
काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइएको छ।
आज बिहानै गुरु पूरोहीतहरुले यजमानका घरघरमा पुगेर मूलद्वारामा नागको प्रतिमा अंकीत तस्वीर टाँसेर पूजाअर्चना गरेका छन्।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।
नागपञ्चमीका अवसरमा आज काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गर्न भक्तजनको घुइँचो लागेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment