दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
काठमाडौं। सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
दलितका लागि दलित अभियान, नेपालले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राज्यका हरेक निकायमा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागीले फलामे साङ्लो (जन्जिर) मा बाँधिएर दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
अभियानका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको सम्मानजनक सहभागिता हुनुपर्ने मागसहित प्रदर्शन गरिएको बताए।
प्रदर्शनमा ऐक्यबद्धता जनाउन डा गोविन्द केसी, अधिकारकर्मी कमला हेम्चुरीलगायत नागरिक समाजका प्रतिनिधिहरू माइतिघर मण्डला पुगेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment