एएफसी च्यालेञ्ज लिगमा चर्च ब्वाइज र पारोबीच प्रतिस्पर्धा हुँदै

डिसी नेपाल
२८ साउन २०८१ १६:५४
72
Shares

काठमाडौं। एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटे र भुटानको लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल भोलि साँझ ६ बजेदेखि सुरु हुनेछ।

उक्त खेलका लागि दुवै टोलीले आफू तयार रहेको बताएका छन्। यस खेलको विजेता टोली च्यालेञ्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछन्। चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्नका लागि आफ्नो टोली तयार रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। कप्तान अनन्त तामाङले आफ्नो टोली शारीरिक र मानसिक रुपमा तयार रहेको बताए।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको उल्लेख गर्दै खेल रोचक बन्ने उल्लेख गरे। गत वर्ष पनि पारो एफसी कप छनोट खेला खेल्न नेपाल आएको थियो। त्यतिबेला पारो मछिन्द्र क्लबसँग पारजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *