सोलुखुम्बुको थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि
काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ ।
बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले हेलिकप्टरमा गरेको अनुगमनका क्रममा पोखरी फुटेर बाढी आएको पुष्टि भएको हो। अनुगमनपछि अब थप बाढीको कुनै खतरा नभएको समेत देखिएको छ।
सोलुखुम्बुको थामे खोलामा शुक्रबार लेदोसहितको बाढी आउँदा एक विद्यालयसहित १४ घर बगाएको थियो।
बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको र नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment