यमल र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

डिसी नेपाल
९ भदौ २०८१ ७:४३
44
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा लामिन यमल र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए। यमलले खेलको २४औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए भने लेवानडोस्कीले ७५ मिनेटमा निर्णायक गोल गरेका थिए। त्यस्तै एथलेटिकका लागि ओइहान सान्चेटले एक गोल गरेका थिए।

यो जितपछि बार्सिलोनाको ला लिगामा २ खेलमा ६ अंक भएको छ। त्यस्तै एथलेटिक बोल्बाओको भने २ खेलमा एक अंक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *