हेर्ने कथाको ‘हराएका वर्षहरू’ हेरेपछि भावुक भए प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाको ‘हराएका वर्षहरू’ हेरेका छन्। ‘हराएका वर्षहरू’ हेरपछि प्रक्रिया दिँदै प्रधानमन्त्री ओलीले प्रकाश तामाङ (काले मोक्तान) लाई भेट्ने इच्छा व्यक्त गरेका छन्।
उनले प्रकाशको परिवारको मिलनको दृश्यले आँखाबाट आँशु आएको प्रतिक्रिया दिएका छन् । यस विषयमा विद्या चापागाइँसँग पनि भेटेर कुरा गर्ने उनले प्रतिवद्धता ब्यक्त गरेका छन्।
‘हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ। हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान) को परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचें, यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान्। एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद,’ प्रधानमन्त्री ओलीले भनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment