बागलुङमा नौ वर्षपछि हनुमान नाच प्रदर्शन गरिँदै
बागलुङ । करिब तीन सय वर्ष पुरानो हनुमान नाच बागलुङमा नौ वर्षपछि प्रदर्शन गरिएको छ । यहाँका नेवार समुदायद्वारा संरक्षित हनुमान नाच पाँच वर्षमा देखाइने गरिएकोमा कोभिडका कारण तत्कालिन समयमा रोकिएकोमा अहिले नौ वर्षपछि देखाइएको हो ।
हनुमान नाच संरक्षण परिषद् बागलुङले विधिवत् रुपमा यो नाच देखाउन सुरु गरेको हो। करिब तीन सय वर्ष पुरानो हनुमान नाच बागलुङमा नौ वर्षपछि विधिवत रुपमा देखाउने क्रममा मूल पुजारी हनुमानको मूर्ती बोकेर मूल पुजारीउल्टो हिड्दै परिक्रमा गर्ने गर्दछन्।



तस्बिर: खेमराज गौतम र रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment