सरकारी अस्पतालमा सम्भव नभएका क्यान्सर नमूना जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिदिने

डिसी नेपाल
१२ भदौ २०८१ १७:४६
12
Shares

काठमाडौं। देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ।

संघअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको क्यान्सर नमूना यसअघि नै प्रयोगशालाले परीक्षण थालिसकेको छ।

बाँकी दुई अस्पतालको ल्याब परीक्षणका लागि प्रयोगशालाका निर्देशक डाक्टर रन्जन भट्टले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालसँग सम्झौता गरेका हुन्।

यस अघि ती अस्पतालहरुमा सम्भव नभएका परीक्षणका लागि बिरामी आफैंले निजी ल्याब तथा भारतसम्म धाउनुपर्ने अवस्था थियो।

तर , अब तीनवटा संघका अस्पताल अनि पाँच प्रदेशमा रहेका विस्तारित अस्पतालका नमूना प्रयोगशालाले परीक्षण गर्ने भएको हो।

यसैगरी, ती अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सहकार्य गर्ने भएको छ। यस कार्यसँगै नागरिकले क्यान्सर परीक्षणमा व्यहोर्नुपरेको झन्झट र खर्चमा केही कमी आउने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए।

क्यान्सर उपचार पाँच प्रदेशमा विस्तार गरेर सबै प्रदेशमा पुर्याउन सक्रियता लिएका मन्त्री पौडेलले ल्याब नमूना सहज र कम खर्चमा गर्न प्रयोगशालामार्फत यस्तो सम्झौता गराउन अग्रसरता लिएका हुन्।

सम्झौतापछि सामाजिक सन्जालमा मन्त्री पौडेलले लेखेका छन्, ‘भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउने प्रबन्ध गर्न आज मन्त्रालयमा दुवै पक्षबीच सम्झौता गरेका छौँ। अब भएका सबै सरकारी क्यान्सर अस्पतालबाट यस्तो सुविधा मिल्नेछ।’

अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि प्रयोगशालाले सघाउनेछ । यस कार्यसँगै नागरिकको क्यान्सर परीक्षणका लागि हुने झन्झट र खर्च केही कम हुने मन्त्री पौडेलले उल्लेख गरेका छन् ।

यो सम्झौताले केही समय अघि सातै प्रदेशमा क्यान्सर उपचार सेवा पुर्याउने मन्त्री प्रदीप पौडेलको योजनालाई थप प्रभावकारी र सहज बनाउने मन्त्री पौडेलको सचिवालयले जनाएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *