सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मधेस प्रदेशमा सम्मानित

डिसी नेपाल
२३ भदौ २०८१ १९:५३
64
Shares

बर्दिबास। संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामकुमार गुप्ता आईतवार मधेश प्रदेशमा सम्मानीत भएका छन् ।

नेकपा एमाले मधेश प्रदेश कमिटीले सर्लाहीको बर्दिबासमा एक विशेष समारोहको आयोजना गरी मन्त्री गुप्तालाई सम्मान गरेको हो। नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजनामा बर्दिबासमा सम्मान कार्यक्रम भएको थियो। कार्यक्रमका प्रमुख अतिथि मन्त्री गुप्तालाई  दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रम मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले सञ्चालन गरेका थिए। अध्यक्ष मण्डलले मन्त्री गुप्तालाई सम्मान गर्दै सरकार सञ्चालनमा सकृय भूमिका खेल्न आग्रह गरेका थिए। मण्डलले आफ्नो सम्बोधनमा मन्त्री गुप्ताले देशको संघीय संरचनामा शासन व्यवस्थामा सुधार ल्याउन र समग्र जनताको हितमा काम गर्न सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको बताए।

साथै उनले मन्त्री गुप्ताले हालैका दिनहरूमा संघीय मामिला र सामान्य प्रशासनमा देखिएको चुनौतीहरूको सामना गर्न, विशेषगरी मधेश प्रदेशको विकास र समृद्धिका लागि उहाँले अझै बढी सक्रियता देखाउनुपर्नेमा जोड दिए।

समारोहमा उपस्थित अन्य नेताहरुले पनि मन्तव्य राख्दै मन्त्री गुप्ताको प्रशंसा गरेका थिए भने मधेश प्रदेशमा एमालेको सुदृढ उपस्थिति र योगदानका बारेमा छलफल गरेका थिए। कार्यक्रममा पार्टीका विभिन्न नेताहरु, कार्यकर्ता तथा जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *