तनहुँको आँबुखैरेनीमा बस दुर्घटना

डिसी नेपाल
२६ भदौ २०८१ १७:२३
136
Shares

दमौली। तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ।

तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो।

सो बसमा यात्रा गरिरहेका ११ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा १५ जना रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *