काठमाडौं महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर
काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ।
कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसंख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ।
आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिए। गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ।
काठमाडौंका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयबाट आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा एक अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment